गाउँपालिका–८ मा एम्बुलेन्स संचालनका लागि धार्मीक महोत्सव

सुर्खेत । सुर्खेत र दैलेखको सिमाना रहेको गुराँस गाउँपालिका–८, धरमपोखरामा आजदेखि पुरूषोत्तम महात्म्य, शिव श्रावण महिमा, धर्म जागरण महामहोत्सव शुभारम्भ भएको छ ।

महामहोत्सवको उद्घाटन गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले गर्नुभएको छ । भने शान्ति कलशयात्राको उद्घाटन वडा नम्बर ८ का वडा अध्यक्ष दीपेन्द्र ओलीले गर्नुभएको छ ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विसीले एम्बुलेन्स खरिद र मन्दिर निर्माणको लागि आयोजना गरिएको यस महामहोत्सवले सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाले एम्बुलेन्स खरिदमा पालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यो पुण्य कार्यका लागि तपाईहरुले गरेको प्रयास सह्रानिय छ । उहाले भन्नुभयो, “गुराँसका जनताको सेवाको लागि दानबाट उठेको रकम एम्बुलेन्स ल्याउने उद्देश्य राख्नुभएको छ, त्यसमा पालिकाको तर्फबाट पनि हामी सहयोग गर्छौ ।”

महामहोत्सव मूल समारोह समितिका अध्यक्ष भीमबहादुर डाँगीले गुराँसवासीको सेवाको लागि एम्बुलेन्स संचानमा ल्याउन र मन्दिर निर्माण गर्न महामहोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

गुराँसवासीलाई तत्काल अस्पताल लिनुपरेमा हामीसँग एम्बुलेन्स छैन । उहाले भन्नुभयो, “अब यो पुण्य कामबाट उठेको दानलाई संकलन गरि एम्बुलेसन्स संचालनमा ल्याउने उद्देश्य राखेका छौँ ।”
यसअघि गुराँस गाउँपालिकामा संचालन हुँदै आएका दुइवटा एम्बुलेन्स अहिले बन्द अवस्थामा छन ।
उहाका अनुसार आज एकैदिन १ लाख ४३ हजार ६ सय ६६ दान संकलन भएको छ ।

सात दिनसम्म संचालन हुने महामहोत्सवमा कथा वाचक खेम प्रसाद भुसालबाट हुने छ ।