मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

शेयर बजार घटेर राताम्मे

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, जलविद्युत्, बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर साढे सात प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भए पनि आज इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ ।

Dailekhi urja

आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख तीन हजार कित्ता शेयर कारोबार भएका छन् । ६१ हजार तीन सय पटक भएको कारोबारबाट दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

nepalgunj