सुनको भाउ स्थिर हुँदा चाँदी बढ्यो

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ ।

आज सुन हिजो जस्तै तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।