बीबीएलमा नेपालका पाँचै जना खेलाडी अनसोल्ड

काठमाडौं । अष्ट्रेलियन फ्रेन्चाइजी लीग बिग ब्यास लिग (बीबीएल)मा नेपालका पाँचै जना खेलाडी अनसोल्ड भएका छन् ।

सन्दीपले यसअघि पनि बिग ब्यास लिग खेलेको भए पनि अरु खेलाडी पहिलो पटक यसपालि ड्राफ्टमा परेका थिए ।

यसपटक युवा ब्याटर देव खनाल, विकेटकिपर आसिफ शेख र अर्जुन साउद, आरिफ शेख ड्राफ्टमा थिए ।

यसअघि होबार्ट होरिकेन्सबाट खेलिसकेका सन्दीपलाई टिमले पुर्नविचार (रिटेशन) को सूचिमा राखेको थियो । तर अन्तिममा उनलाई होबार्टले लिएन ।