काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएका छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
खबर बजार । १८ भाद्र २०८०, सोमबार १०:०९