प्रि ओपन सेसन: नेप्से सामान्य अंकले बढ्यो

काठमाण्डौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.४५ अंक बढेर २०२२.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६० अंक बढेर २०२३.५२ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा २५ स्टकको ६ लाख ४० हजार ७७१ रुपैयाँ ९० पैसाबराबरको २ हजार ५३१ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये १३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ११ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।