एकदिवसीय विश्वकप: दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो ३ सय ५८ रनको लक्ष्य

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनको विशाल लक्ष्य दिएको छ ।

पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनायो । दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाएर आउट भए । यस्तै डेभिड मिलरले ५३ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।

दक्षिण अफ्रिका ६ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ ।