काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापा विजयी

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं–४ बाट विजयी बन्नु भएको छ । एमालेका राजन भट्टराईमाथि थापाले सहज जित निकाल्नु भएको हो ।

प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आउनु भएको छ ।

अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी हुनु भएको थियो । गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहनु भएको छ ।