चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल ११ लाख ३४ हजार ३१७ आवेदन परेको थियो । सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।