काठमाडौं । साता अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट अएको छ । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि बजार ५६ अंक घटिसकेको छ ।
बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ६ प्रतिशत मूल्य बढ्यो । सोल्टीको ४.७७, तारागाउँको ४.१७, ओरियन्टल होटलको ३.८१ र सिटीको २.५ प्रतिशत मूल्य बढ्यो ।
होटलबाहेक म्युचुअल फण्ड सामान्य ०.०७ अंकले बढेको छ । अरु सबै उपसमूह घटे । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ९०, अन्य ९ र ब्यापार उपसमूह ८१ अंक घटे ।
दिनभर कुल ४० कम्पनीको मूल्य बढ्यो भने १९० को घट्यो । लघुवित्ततर्फ हिमालयन लघुवित्तको मूल्य ५ प्रतिशत बढ्यो । यस दिन धेरै गुमाउनेमा जलविद्युत् कम्पनीहरु अगाडि रहे । सयपत्री हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । रावा इनर्जीको ७.४, बुद्धभूमि नेपालको ५.९, सामलिङ पावरको ४.८, सुपर माइ हाइड्रोको मूल्य ४.७ प्रतिशत घट्यो ।
धेरै कारोबार हुने कम्पनीहरुमा आशा लघुवित्त संस्थापक, प्राइम कमर्सियल बैंक संस्थापक, सोना सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट क्रमश: अगाडि रहे ।
खबर बजार । १६ कार्तिक २०८०, बिहीबार १६:०६