काठमाण्डौ । शेयर बजार आज बिहीवार पनि बढेको छ । हिजो बुधवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५५ अङ्कले बढेर एक हजार नौ सय ९४ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।
आज ९६ लाख ३७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
खबर बजार । २८ मंसिर २०८०, बिहीबार १६:१२