

सुर्खेत । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि भोलि सुर्खेतमा सवारी साधन बन्दको घोषणा गरिएको छ ।
शान्तिपुर्ण आन्दोलनमा जबर्जस्ती गाडी लिएर गएर धरपकटको स्थिति बनाएको भन्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोलि हान्ने आदेश दिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गर्दै सरकारविरुद्ध चरमवद्ध आन्दोलन सुरु गरेको आन्दोलन संघर्ष समितिले जनाएको छ ।
एक अपिल जारी गर्दै आन्दोलन संघर्ष समितिले दोषिलाई कार्वाही र मृतक युवाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका माग राखेको छ । भोलि सुर्खेतमा सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा सम्पूर्ण सवारी साधन बन्द गर्ने जनाएको छ ।
हिजो शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

खबर बजार । १४ पुष २०८०, शनिबार १७:४८