काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन बनायो । न्युजिल्यान्डका स्नेहित रेड्डीले शतक बनाए । स्नेहित १ सय २५ बलमा नट आउट १ सय ४७ रन बनाए । नेपालका सुवास भण्डारीले ३ र गुलसन झाले २ विकेट लिए ।
नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
खबर बजार । ७ माघ २०८०, आईतवार १८:०८