माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । पार्टीबाट एमसीसी अनुमोदन गराउनेलगायत एजेण्डामा छलफलका लागि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

अस्ति शुक्रबार स्थगित भएको बैठक आज पनि बस्न थालेको हो । संसदबाट एमसीसी पारित भएकोप्रति नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) समूहले शुक्रबारको बैठकमा फरक मत राखेको थियो ।

व्याख्यात्मक टिप्पणीका नाममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ‘दलालसँग झुकेको’ प्रकाश पक्षको दाबी छ । शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गर्नुभएको छ ।

प्रचण्डले प्रकाश पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिनुभएको छ ।