

काठमाडौं । मंगलबार शेयर बजार सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २११२ अंकसम्म पुगेको थियो । त्यसपछि बजार बन्द हुँदासम्म सामान्य उतारचढाव रह्यो ।
मंगलबारसहित लगातार पाँचौ दिन बजार झरेको हो । यद्यपि यस दिन बजारको गिरावट झिनो अंकमा सीमित भएको छ । कारोबार रकममा भने ३२ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब २९ करोडमा खुम्चियो ।
कुल १०३ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहमा भने चमक देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशत बढ्यो ।
सबै भन्दा धेरै चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । भने, मिडसोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ६. २ प्रतिशत घट्यो ।

खबर बजार । ९ माघ २०८०, मंगलवार १७:०२