काठमाण्डौ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ ।
चार दिनदेखि घटबढ नभएको सुनको भाउ आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम गरिएको छ ।
खबर बजार । ११ माघ २०८०, बिहीबार १३:३६