सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाण्डौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।