कर्णालीमा करिब ६ हजार उद्योग तथा वाणिज्य फर्महरु दर्ता

सुर्खेत । कर्णालीमा करिब ६ हजार उद्योग तथा वाणिज्य फर्महरु दर्ता भएका छन् ।
गत आर्थिक बर्षको असार मसान्तसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा गरि ५ हजार ८ सय ५२ वटा उद्योग तथा वाणिज्य दर्ता भएका हुन् ।

प्रदेश सरकारको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको अन्त्यसम्म सबैभन्दा बढी उद्योग तथा वाणिज्य फर्महरु सुर्खेतका रहेका छन् । सुर्खेत जिल्लामा ८ सय ६१ वटा उद्योग दर्ता भएका छन् भने ९ सय १० वटा वाणिज्य फर्महरु दर्ता भएका छन् ।

सुर्खेतपछि जुम्लामा उद्योगहरु स्थापना भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशानलयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । जुम्लामा ५ सय ९३ उद्योग र एक सय ७१ वाणिज्य फर्महरु दर्ता भएका छन्, दैलेखमा ५ सय ४१ उद्योग र एक सय ९४ वाणिज्य फर्महरु, हुम्लामा २ सय ७६ उद्योग तथा ८२ वटा वाणिज्य फर्महरु, सल्यानमा २ सय १९ उद्योग, १ सय २७ वाणिज्य फर्महरु दर्ता भएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

यसैगरी, रुकुम पश्चिममा २ सय २८ उद्योग र एक सय ६४ वाणिज्य फर्म, जाजरकोटमा ३ सय ५८ उद्योग, एक सय ३२ वाणिज्य फर्महरु, गुगुमा २ सय ४२ उद्योग, ४६ वाणिज्य फर्म, कालिकोटमा ३ सय २६ उद्योग, १ सय २० वाणिज्य फर्म र डोल्पामा एक सय ९६ उद्योग र ६६ वाणिज्य फर्महरु दर्ता भएको तथ्याङ्कमा जनाइएको छ ।

कर्णालीमा ३ हजार ८ सय ४० उद्योग र दुइ हजार १२ वाणिज्य फर्महरु गत आर्थिक बर्षसम्म दर्ता भएको जनाइएको छ ।

गत आर्थिक बर्षको अन्त्यसम्म ५ सय ३८ वाणिज्य फर्महरु, उद्योग २ सय ४४ वटा खारेजी भएका छन् ।