
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिनमा २० हजार ५ सय रूपैयाँले बढेको छ ।
शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज २० हजार ५ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ११ हजार एक सय रूपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।




खबर बजार । १७ जेष्ठ २०८३, आईतवार ११:०२