सुर्खेत । नेकपा (एमाले)ले सुर्खेतमा शनिवारदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ ।
जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा शनिबार र आइतबार हुने प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।
केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउदो निर्वाचनलाई लक्षित गरि आयोजित प्रशिक्षणमा करिब २१५ जनाभन्दा बढीको सहभागिता रहनेछ ।
कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, स्थानीय तह तथा जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख–उपप्रमुख र स्थानीय तहकमिटीका अध्यक्षहरुको सहभागिता रहनेछ ।
अभिमुखीकरणको प्रमुख प्रशिक्षकको रुपमा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ र प्रशिक्षकको रुपमा पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली सुर्खेत आउने स्थायी कमिटी सदस्य एवम् प्रदेश कमिटीका इन्चार्ज यामलाल कंडेलले जानकारी दिनुभयो ।
खबर बजार । १३ फाल्गुन २०७८, शुक्रबार ०८:२८