
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली-५ डाँफेस्थित आधारभूत विद्यालय भवन सहित खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।
एक्कासी असिना पानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
चङ्खेली-५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ ।
पहिरोले गोठ पुरिएको र के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।
उहाँले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताउनुभयो ।
हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तर पूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।




खबर बजार । ६ जेष्ठ २०८३, बुधबार १०:०४