
काठमाण्डौ । आज सुनको भाउ घटेको छ र चाँदीको भाउ स्थिर छ । आज सुनको भाउ पाँच सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार सुनको भाउ तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ स्थिर छ । चाँदी तोलाको १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




खबर बजार । २८ माघ २०८०, आईतवार १२:५६