
काठमाडौं । नेपाली कांग्रेसले राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि अविलम्ब उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले २०४८ सालदेखि राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग गरेको हो ।
कांग्रेसले आयोगले कानुनसम्मत अनुसन्धान गरी अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि आग्रह गरेको छ ।
बैठकले नक्कली भुटानी शरर्णार्थी प्रकरण, वाइडबडी प्रकरण, ललिता निवासदेखि २३ र २४ भदौको नवयुवा विद्रोहका क्रममा व्यक्तिका घरमा आगजनीमा रकम जलेको विषयलगायतका घटनाको पूर्वाग्रहरहित ढंगबाट अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन पनि माग गर्ने निर्णय गरेको छ ।




खबर बजार । ११ चैत्र २०८२, बुधबार १८:०४