

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन हुनुभएको छ । बुधबार बसेको नेकपा एमाले संसदीय दलको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित हुनुभएको हो । कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्छ ।

खबर बजार । १३ पुष २०७९, बुधबार १५:१३