
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

शपथग्रहणको समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । १२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने जनाइएको छ ।
कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिने बालेननिकट स्रोतले जनाएको छ । जानकारी अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने जनाइएकाे छ ।




खबर बजार । ११ चैत्र २०८२, बुधबार १८:५५