
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र साह (बालेन)लाई नियुक्त गर्नुभएको छ ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिनुभएका साह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बन्नुभएको हो ।
साह नेतृत्वको सरकारका अन्य १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।
यस्तो छ नयाँ मन्त्रीपरिषद् :
(१) बालेन्द्र साह, प्रधानमन्त्री/रक्षा र उद्योग मन्त्रालय
(२) स्वर्णिम वाग्ले, अर्थ
(३) सुधन गुरुङ, गृह
(४) शिशिर खनाल, परराष्ट्र
(५) सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास
(६) विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ
(७) खड्कराज पौडेल (गनेश), पर्यटन
(८) सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद
(९) निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
(१०) विक्रम तिमिल्सिना, सञ्चार
(११) प्रतिभा रावल, सामान्य प्रशासन
(१२) दीपक साह (महोत्तरी), श्रम मन्त्री
(१३) सोविता गौतम, कानुन
(१४) सीता वादी, महिला, बालबालिका




खबर बजार । १३ चैत्र २०८२, शुक्रबार ११:३२