

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकामा पर्ने छिन्चुको सामुदायीक वनमा मानव कंकाल फेला परेको छ । बिहीबार दिउँसो १२ः१५ बजेको समयमा भेरीगंगा–१० साततले स्थित गौरीशंकर सामुदायीक वनमा उक्त कंकाल भेटिएको हो ।
ईलाका प्रहरी कार्यालय छिन्चुकाअनुसार स्थानीयहरू च्याउ खोज्न गएको अवस्थामा मानव शरीरको अस्थिरपञ्जर फेला पारेका हुन् । मानव कंकाल फेला परेको खबर प्राप्त गर्नसाथ उक्त स्थानमा छिन्चुबाट तत्काल प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली पुगेको थियो ।
छरिएको अवस्थामा फेला परेको कंकाल ३र४ महिना जतिको पुरानो पुरुष व्यक्तिको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।
उक्त कंकाल संकलन गरि जनप्रतिनिधिको रोहबरमा घटनास्थालको मुचुल्का बनाएर कंकाललाई कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।
कंकाललाई प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान भईरहेको छ ।

खबर बजार । ५ श्रावण २०७९, बिहीबार १७:१७