

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पालिका कमिटी गठन भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको भेलाबाट नारायण बुढा क्षेत्रीको अध्यक्षतामा पालिका कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा नन्दा गुरुङ, सचिवमा ललित बि.सी, कोषाध्यक्षमा किरण के. सी., सदस्यहरु निमबहादुर राना, राजु शाह, दुर्गा रावल, कमला थापा र राजेन्द्र बहादुर बि.सी. गरी ९ सदस्यीय पालिका स्तरीय कमिटी चयन भएको हो ।

खबर बजार । १० पुष २०७८, शनिबार १३:३०