
काठमाडौं । नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो । जनपदतर्फ १ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ बजेट शाखामा कार्यरत ध्रुव कुमार श्रेष्ठलाई एसपी फदमा बढुवाका लागि सिफारिस गरिएकाे छ ।




खबर बजार । १४ जेष्ठ २०८३, बिहीबार ०९:१७