
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।

अध्यक्ष ओली पक्राउ गरेको विरोधमा काठमाडौंको मुख्य सडकहरुमा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
चाबहिल चोकमा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । अब देशभर प्रदर्शन गर्ने एमालेको तयारी छ ।
आज बिहानै पक्राउ परेका ओलीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । सुरक्षा व्यवस्था कडा बनाइएको छ । सरकारले आज बिहान ओलीलाई गुण्डुबाट पक्राउ गरेको थियो ।




खबर बजार । १४ चैत्र २०८२, शनिबार ११:५३