मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

मिटरब्याजी आरोपमा एक महिला पक्राउ

१ मिनेट पढाइ

सिरहा । सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

ममता देवी रायलाई अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।