
काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५’ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट निवेदन आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुझाउन सकिने जनाइएको छ ।
प्राप्त आवेदनहरूको मूल्यांकनपछि उम्मेदवार सिफारिस समिति मार्फत उपयुक्त उम्मेदवारको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।





खबर बजार । २९ जेष्ठ २०८३, शुक्रबार १०:०५