

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताउनु भएको छ । दार्चुलाबाट एमालेको चुनावी सभालाई सम्बोधन गर्दैै उहांले भन्नु भयो उहांले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताउनु भयो ।
उहांले भन्नु भयो, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’
उहांले दार्चुलाको समस्या आफूले बुझेको बताउनु भयो ।

खबर बजार । १८ कार्तिक २०७९, शुक्रबार १४:५०