नेकपा एमाले नेता भीम रावलको प्रश्न : सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउने को ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रभु साहको भूमिकाप्रति पार्टी नेतृत्वमाथि प्रश्न उठाउनु भएको छ । नेता साहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको बारे नेता रावल बोल्नु भएको हो ।

उहांले ट्विटरमा लेख्नु भएको छ, ‘प्रभु साहको विद्रोह बारे निज पहिलेदेखि सन्दिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

उहांले नेता साहलाई माथि उठाउने को भन्दै अध्यक्ष ओलीमाथि प्रश्न गर्नु भएको छ ।

एमाले अध्यक्ष ओलीले एक अन्तर्वार्तामा साहका सन्दिग्ध गतिविधिबारे पार्टीमा पहिले नै जानकारी रहेको समेत बताउनु भएको थियो । तेस्तै एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालले नेता साहलाई हरियो सर्पको संज्ञा समेत दिनु भएको थियो ।