
काठमाण्डौ । सुनको भाउ आजपनि बढेको छ ।
सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ घटेको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो चाँदी तालामा एक हजार चार सय ८५ रुपैयाँमा कारोवार भएको थियो ।




खबर बजार । १४ भाद्र २०८०, बिहीबार ११:१७