कर्णाली सरकारको नेतृत्व एमाले गर्न पाउनु पर्छ: शङ्कर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने बताउनु भएको छ ।

बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशन उद्घाटन गर्दै पोखरेलले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई नेकपा माओवादीका साथीहरूले अन्यथा मान्नु नहुने बताउनु भउको हो ।

‘कर्णालीका एमालेका नेताहरूले एक पटक हामीले नेतृत्व पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले अन्यथा मान्नु हुदैन,’उहाँले भन्नु भयो, ‘यो कुरा कर्णालीका माओवादीका साथीहरूले अघि बढेरै भन्नुपर्छ, हामीले धेरै पटक नेतृत्व गर्‍यौँ, एक पटक तपाईँहरूको नेतृत्वमा अघि बढेर काम गरेको देख्न चाहन्छौँ ।’

आफूले निरन्तरता पाउनुपर्ने भनेर माओवादी साथीहरू काठमाडौँ गएको कुरा सही नभएको भन्दै उहाँले नेतृत्वका लागि एमाले नेताहरूले पनि काठमाडौँ धाउन नपर्ने बताउनु भयो ।