कर्णालीको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त, सपथ भोलि

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले उहाँलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्नु भएको थियो ।

मुख्यमन्त्रीको सपथ भोलि दिउँसो ३ बजे हुने प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌को आवश्यकता पर्छ ।