

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उहाँ चौथोपटक सांसद बन्नु भएको हो । सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गर्नु भयो । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जित्नु भएको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाउनु भएको छ ।२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा प्रकाशमानलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मनु भएका उहाँ नेविसंघबाट राजनीतिमा प्रवेश गर्नु भएको थियो ।२०४८ मा काठमाडौं-४ मा र २०५१ मा काठमाडौं-३ मा पराजित हुनु भएका उहाँले २०५३ सालमा राष्ट्रिय सभा सदस्य बन्नु भएको थियो ।२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं-१ मा आएर जितेपछि उहाँले योसहित यहाँबाटै निरन्तर चौथो विजय हुनु भएको हो ।

खबर बजार । ६ मंसिर २०७९, मंगलवार ०५:३८