मुख्यमन्त्री कँडेलले भोली विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते बिहीबार संसदबाट विश्वासको मत लिनु हुने भएको छ । त्यसका लागि मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलले पत्र दर्ता गराउनु भएको छ ।

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिनु भएको छ ।

गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले चैत्र २८ गते सपथसँगै पदभार ग्रहण गरेका थिए । कँडेलले विश्वासको मत लिनुअघि मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् ।