मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

शिक्षा भट्टराईद्वारा पदबाट राजीनामा

१ मिनेट पढाइ

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको हो ।

शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।