गठबन्धनको बैठक निष्कर्षबिहिन, बैठकमा कसले के भने ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहिन बनेको छ ।

पाँच दलीय सत्तारुढ गठवन्धनको आज बसेको बैठकमा एमसीसीको बारेमा छलफल भए पनि कुनै निस्कर्षमा पुग्न नसकिएको सञ्चार तथा सुचना, प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीले भोली विहान १० बजे फेरि बैठक बस्ने र छलफललाई निरन्तरता दिने बताउनुभयो ।

कार्कीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको ‘डेटलाइन’ (फेब्रुअरी २८) सम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गर्नुभएको थियोे ।

तर, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले परिस्थिति सहज गराएरमात्र अघि बढ्नुपर्ने बताएका छन् । ‘परिस्थिति सहज’को अर्थ भने उनिहरूले खुलाएका छैनन् ।

भोलि शुक्रबारकै बैठकमा भने एमसीसी टेबुल गर्ने विषयमा उनिहरू सहमत भएनन् ।