f १२ औं राष्ट्रपती रनिङ्ग शिल्डको लागी टिम तयारी छनौट २४ र २५ गते हुने

१२ औं राष्ट्रपती रनिङ्ग शिल्डको लागी टिम तयारी छनौट २४ र २५ गते हुने

सुर्खेत । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि असार २८ देखि ३० गते सम्म काठमाडौंमा हुन गइरहेको १२ औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको लागी कर्णाली प्रदेशबाट पनि खेलाडीहरु सहभागी हुने भएका छन् ।

आइतवार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव एवं प्रदेश स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड आयोजक समितिका संयोजक विश्वामित्र संज्यालको अध्यक्षतामा बसेको बैठकले उक्त खेलको लागी कर्णाली प्रदेशमा टिम तयारी छनौट गर्ने निर्णय गरेको हो ।

‘अहिले बर्षातको समय छ हामीसँग टिम छनौट गर्ने समय पनि छैन तर पनि खेलाडीहरु खेलबाट बन्चिन हुन नदिनको लागी हामीले कर्णाली प्रदेशबाट खेलाडीहरु जसरी पनि सहभागी गराउनु पर्ने छ, ‘प्रदेश स्तरिय राष्टपती रनिङ्ग शिल्ड आयोजक समितिका संयोजक विश्वामित्र संज्यालले भन्नुभयो,’ ‘सम्बन्धित खेलका प्रशिक्षहरुसँग छलफल गरी यहि असार २४ र २५ गते कर्णाली प्रदेशको टिम तयारी छनौट गर्ने निर्णय गरेका छौ,।’

अहिले बर्षातको समय भएकोले जिल्ला जिल्लाबाट खेलाडीहरुलाई बोलाएर टिम तयारी (छनौट ) गर्ने अबस्था नभएकोले परिषदले सम्बन्धित प्रशिक्षकहरुसँग छलफल गरी कोटा निर्धारण गरी टिम तयारी छनौट गर्ने अबस्था आएको उहाँले बताउनुभयो ।