मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ६ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग पनि कुरा गर्दै हुनुहुन्छ ।