
काठमाडौं । नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

आज बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते मध्यान्ह १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ ।
यसैगरी, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णयसमेत भएको एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।




खबर बजार । १४ चैत्र २०८२, शनिबार ११:३७