
काठमाडौैं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरे पनि संसदीय दलको नेताको निर्वाचनमा बादल नै निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिनुभएको छ ।





खबर बजार । १८ चैत्र २०८२, बुधबार १८:०१