काठमाडौं । नेपाल बार एशोसिएशनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर नसार्न आग्रह गरेको छ।
नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धि कानूनले नगरेको स्पष्ट पार्दै समयमै निर्वाचन गर्न आग्रह गरेको हो ।
बारले वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन हुने स्मरण गराएको छ ।
हिजोआज स्थानीय तह निर्वाचन सम्बन्धि विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण गराएको छ ।
बारले कुनै आग्रह, पूर्वाग्रहका कारण निर्वाचन नगर्ने भन्ने विषय लोकतान्त्रिक शासनको उपहास हुने बताएको छ ।
पढ्नुहोस् विज्ञप्ति :
खबर बजार । १६ माघ २०७८, आईतवार ०९:४९