
काठमाडौं । नेपाली कांग्रेसको पार्टी सदस्यता नविकरण गर्नको लागि प्रत्येक व्यक्ति अनिवार्य वडामा जानुपर्ने भएको छ ।

यसैगरी, सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने भएको छ ।
सभापति गगन थापाले पार्टी सदस्यता नवीकरण गर्नको लागि प्रत्येक व्यक्ति वडामा जानुपर्ने बताउनुभएको हो ।
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै वडामा गएर सदस्यता नवीकरण नगर्नेको अब कायम नहुने बताउनुभयो ।
सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने बताउनुभयो । क्रियाशील सदस्यताको फर्म भर्नेले कांग्रेसका कार्ड पाउने र फर्म नभर्नेले महाधिवेशनमा भाग लिन नपाउने थापाले बताउनुभयो ।
उहाँले आफूहरूले कसैको सदस्यता खोस्न नखोजेको जिकिर गर्नुभयो । उहाँले वैशाख २ मा पार्टीको कार्यसम्पादन समितिको बैठक राखेर १०-१२ वटा महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभएको छ ।
पार्टीले वैशाख ४ गते संसदीय दलको नेता छान्ने प्रक्रिया टुङ्ग्याउने समेत थापाले बताउनुभयो ।




खबर बजार । २९ चैत्र २०८२, आईतवार १९:२८