सुधन गुरुङद्वारा गृहमन्त्रीबाट राजिनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनु भएको छ ।


विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनु भएको हो ।

उहाँले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनु भएको थियो ।
सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नु भएको थियो ।
उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनु भएको हो ।