कर्णालीका मुख्यमन्त्रीलाई प्राप्त होला त विश्वासको मत ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले भोली विश्वासको मत परीक्षण गर्नुहुने भएको छ ।

भोली दिउँसो बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत परीक्षण गर्ने संसद् सचिवालयले जनाएको छ ।

शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियोे ।

यद्यपि हालसम्म उनले मन्त्रिपरिषद् विस्तार भने गर्न सक्नुभएको छैन ।