f काँग्रेस महाधिवेशन : आज मतदाता नामावली प्रकाशन हुने

काँग्रेस महाधिवेशन : आज मतदाता नामावली प्रकाशन हुने

(कार्यतालिकासहित)

काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार नामावलीमाथि आजै बेलुकी ५ बजेदेखि ६:३० बजेसम्म दाबी विरोध गर्न सकिनेछ ।

यसैगरी, दाबी विरोधमाथि साँझ ६:३० देखि ७:३० बजेसम्म जाँचबुझ गरी राति ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारीको दरखास्त तथा मनोनयन पत्र भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गर्न सकिनेछ । भोलि नै अपराह्न ४:३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारीमाथि अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म दाबी विरोध गर्न समय दिइएको छ । त्यसपछि साँझ ६:३० बजेसम्म जाँचबुझ गरी ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी फिर्ता लिन वा सच्याउन पर्सि असोज २१ गते बिहान ९ बजेसम्म निवेदन दिन सकिनेछ । बिहान १० बजे अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारलाई सोही दिनभर प्रचारप्रसारका लागि समय दिइनेछ ।

कार्यतालिकाअनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ । मतदान असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र कमलादीस्थित प्रज्ञा भवनमा तोकिएका केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।